माछापुच्छे बैंकद्वारा एमबिएल स्मार्ट मार्फत नेपाल–भारत–नेपाल क्रस बोर्डर ट्रान्सफर सेवा सुरु बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन एमबिएल स्मार्ट मार्फत नेपाल–भारत नेपाल रियल टाईम क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालनमा ल्याएको छ । यस नवीन सेवाले नेपाल र भारतबीच सुरक्षित, सहज तरिकाले तत्काल व्यक्ति–देखि–व्यक्ति (पिटुपी) रकम स्थानान्तरण (ट्रान्सफर) को सुविधा प्रदान गरी दुई छिमेकी मुलुकबीचको डिजिटल वित्तीय पहुँचलाई थप सुदृढ बनाउने अपेक्षा बैंकले गरेको छ ।
बैंकका अनुसार यो सेवा उपयोग गरी भारतमा बसोबास गर्ने, अध्ययन गर्ने तथा काम गर्ने नेपाली नागरिकहरूले भारतमा उपलब्ध युपिआई संग संबन्धित डिजिटल भुक्तानी एप्लिकेसनहरूको प्रयोग गरी नेपालस्थित आफ्ना परिवारजन वा अन्य लाभग्राहीहरूको सहज रुपमा बैंक खातामा रकम पठाउन सक्नेछन र उक्त रकम लाभग्राहीको खातामा त्तकालै जम्मा हुने भएकाले छिटो, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा उपलब्ध हुनेछ ।
त्यसैगरी, नेपालमा बसोबास गर्ने वा नेपालमा कार्यरत भारतीय नागरिकहरूले पनि बचत एप्लिकेसनमा उपलब्ध क्रस बोर्डर ट्रान्सफर सुविधाको प्रयोग गरी भारतमा रकम पठाउन सक्नेछन ।बैंकले यो सेवा सञ्चालन गर्दा सुरक्षा, पारदर्शिता तथा नियामकीय अनुपालनका उच्चतम मापदण्डहरूलाई पालनमा उच्च प्राथमिकता दिएको छ । यो पहलले नेपाल र भारतबीचको डिजिटल भुक्तानी तथा रेमिट्यान्स प्रणालीलाई थप प्रवद्र्धन गर्नुका साथै ग्राहकहरूलाई आधुनिक, सुरक्षित र सुविधाजनक बैंकिङ सेवा प्रदान गर्ने विश्वास लिईएको छ । साथै आगामी दिनहरूमा पनि थप उच्चतम प्रविधिमैत्री तथा ग्राहककेन्द्रित वित्तीय सेवाहरू विस्तार गर्दै डिजिटल बैंकिङ क्षेत्रमा नवीनतम सेवा सुविधाहरु उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।