काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले परिपक्व र जिम्मेवार व्यवहार गर्नुपर्ने बताएका छन्।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सोमबार आयोजित सर्वदलीय बैठकमा बोल्दै लिङ्देनले सरकारका गलत निर्णय र गतिविधिको असर सम्पूर्ण देशले भोग्नुपर्ने भएकाले संवेदनशील विषयमा विशेष सावधानी अपनाउन आग्रह गरे।
उनले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति र रास्वपा सभापति लामिछानेले भारत भ्रमणका क्रममा व्यक्त गरेको भनिएको ‘हामी विगतको भारी बोक्दैनौँ’ भन्ने अभिव्यक्तिप्रति पनि प्रश्न उठाए।
लिङ्देनले उक्त भनाइले विगतका सबै निर्णय र उपलब्धिलाई अस्वीकार गरेको अर्थ लाग्न सक्ने टिप्पणी गर्दै लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको विषय ऐतिहासिक तथ्य र प्रमाणका आधारमा संसद्बाट सर्वसम्मत रूपमा पारित भई संविधानको अनुसूचीमा समावेश गरिएको स्मरण गराए।
उनले राष्ट्रिय हित र सार्वभौमिकतासँग जोडिएका विषयमा राजनीतिक नेतृत्वले स्पष्टता र होसियारीका साथ अभिव्यक्ति दिनुपर्ने धारणा व्यक्त गरे।