काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यले बोलाइएको बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको हलमा जारी रहेको छ। बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई/दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएको थियो।
यद्यपि, प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आफ्ना शीर्ष नेताहरूलाई बैठकमा नपठाएको जनाइएको छ।
यता राजेन्द्र लिङ्देन भने बैठकमा सहभागी भएका छन्। साथै, अन्य दलका प्रतिनिधिहरू पनि छलफलमा सहभागी रहेका छन्।
यसैबीच, श्रम संस्कृति पार्टीले बैठक बहिष्कार गरेको छ। पार्टीका संयोजक हर्क साम्पाङ राईको नेतृत्वमा रहेको उक्त दलले बैठकमा सहभागी नहुने निर्णय गरेको जनाएको छ।