सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

एमालेको कार्यविभाजनप्रति गोकुल बास्कोटाको कटाक्ष, ‘अब एआईलाई सोध्नुपर्ला एमाले कसरी पहिलो बन्छ’

आइतबार, जेष्ठ २४ २०८३

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी सचिवालयले हालै गरेको कार्यविभाजनप्रति असन्तुष्टि जनाउँदै सार्वजनिक रूपमा कटाक्ष गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले एमालेको कार्यविभाजन कुनै सिद्धान्त वा वैज्ञानिक आधारमा नभएको टिप्पणी गरेका छन्। उनले विभिन्न विषय र सिद्धान्तहरूको उल्लेख गर्दै कार्यविभाजनमा कुनै स्पष्ट आधार नदेखिएको बताएका छन्।

‘न एस्ट्रोनोमी, न फिजिक्स, न केमेस्ट्री, न बायोलोजी, न जुलोजी, न अर्थमेटिक, न अल्जेब्रा, न ज्योमेट्री, न इन्जिनियरिङको कुनै साइनो देखिन्छ,’ उनले लेखेका छन्।

बास्कोटाको यो अभिव्यक्तिलाई एमाले सचिवालयको कार्यविभाजनप्रति सार्वजनिक असन्तुष्टिका रूपमा हेरिएको छ।