बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

माछापुच्छ्रे बैंकको तीन अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

बिहिबार, जेष्ठ २१ २०८३

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले जारी गरेको ‘८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकले जारी गरेको उक्त अग्राधिकार शेयर मंगलबार नेप्सेमा औपचारिक रूपमा सूचीकृत भएको हो।

बैकका अनुसार प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा जारी गरिएको कुल तीन करोड कित्ता अग्राधिकार शेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त शेयरको कुल निष्कासन मूल्य तीन अर्ब रुपैयाँ रहेको छ । नेप्सेमा सूचीकृत भएसँगै उक्त ‘८.२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर २०८३ जेठ २० गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि उपलब्ध भएको बैंकले जनाएको छ।

बैंकका अनुसार अग्राधिकार शेयरको सूचीकरणसँगै लगानीकर्ताले अब दोस्रो बजारमार्फत उक्त धितोपत्र खरिद–बिक्री गर्न सक्नेछन् । यसले पूँजी बजारमा नयाँ लगानी अवसर थप्नुका साथै बैंकको दीर्घकालीन पूँजी व्यवस्थापनलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । बैंकले जारी गरेको ८.२५ प्रतिशत प्रतिफलदर भएको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको कारोबार खुला भएसँगै लगानीकर्ताले नियमित लाभांश प्राप्त गर्ने उद्देश्यसहित यस धितोपत्रमा लगानी गर्न सक्नेछन्।