सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

वीरगन्जका मेयर राजेशमान सिंह ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा

बुधबार, जेष्ठ २० २०८३

काठमाडौं ।  झुटा विवरण पेश गरी अर्काकी छोरीलाई नागरिकता र राहदानी दिलाएको आरोपमा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह लाई पर्सा जिल्ला अदालतले ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मी को इजलासले लेखत सम्बन्धी कसुरमा ४ लाख रुपैयाँ तथा झुटा विवरण पेश गरी नागरिकता दिलाएको अभियोगमा १५ हजार रुपैयाँ धरौटी माग गरेको हो।

मंगलबार बिहान ठोरी गाउँपालिका बाट पक्राउ परेका सिंहलाई प्रहरीले बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा उपस्थित गराएको थियो। बयानपछि अदालतमा भएको थुनछेक बहसमा दुवै पक्षका कानुन व्यवसायीहरूको तर्क सुनेपछि अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

अदालतका अनुसार तोकिएको धरौटी रकम नगद वा कानुनी जमानतका रूपमा दाखिला गरेपछि सिंहलाई रिहा गर्न सकिनेछ। मेयर सिंह पक्षले धरौटी रकम नगदै बुझाउने जानकारी अदालतलाई दिएको बताइएको छ।