सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अमेरिकाबाट फर्किँदै गर्दा विमानमै ७३ वर्षीय नेपालीको मृत्यु

आइतबार, जेष्ठ १७ २०८३

काठमाडौँ । अमेरिकाबाट नेपाल फर्किँदै गरेका एक नेपाली नागरिकको विमानमै मृत्यु भएको छ।

टर्किस एयरलाइन्सको जहाजमार्फत नेपाल फर्किरहेका गोरखाका ७३ वर्षीय श्यामहरि मरहट्टाको मृत्यु भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता सञ्जयकुमारका अनुसार जहाज आज बिहान अवतरण भएपछि मरहट्टा अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार आवश्यक मुचुल्का प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

प्रहरीका अनुसार मरहट्टा अमेरिकाबाट श्रीमतीसँगै नेपाल फर्किँदै थिए।