बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ

आइतबार, जेष्ठ १७ २०८३

काठमाडौँ । आपराधिक लाभ तथा ठगीको आरोपमा खोजी सूचीमा रहेकी टिकटकर तुलसा अधिकारी (तुलसी अधिकारी) पक्राउ परेकी छन्।

इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी भएपछि उनलाई थाइल्यान्डमा पक्राउ गरिएको हो। पक्राउपछि उनलाई नेपाल ल्याइएर जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अधिकारी पछिल्लो समय चीनमा बस्दै आएकी थिइन्। चीनबाट थाइल्यान्ड पुगेपछि इन्टरपोलको समन्वयमा उनलाई पक्राउ गरिएको हो।

प्रहरीले उनलाई सोमबार जिल्ला अदालत ललितपुरमा उपस्थित गराउने तयारी गरेको जनाएको छ।

अधिकारीविरुद्ध यसअघि नै आपराधिक लाभ तथा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भइसकेको थियो। सोही मुद्दाको अनुसन्धानका क्रममा उनी फरार रहेपछि इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरिएको थियो।