बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय सहकार्य आवश्यक : प्रचण्ड

शुक्रबार, जेष्ठ १५ २०८३

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय सहकार्य आवश्यक भएको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु सम्पूर्ण नेपालीको पहिलो जिम्मेवारी भएको उल्लेख गरेका हुन् । ।

संयोजक दाहालले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दएि ।

सन्देशमा उनले देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति र नागरिकबीच एकता अपरिहार्य रहेको उल्लेख गरेका छन् ।