बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज तराईमा तातो चल्ने र पहाडका केही स्थानमा वर्षाको सम्भावना

बुधबार, जेष्ठ १३ २०८३

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ । यसकै प्रभावका कारण मङ्गलबार काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा हुरीसहित वर्षा भएको थियो ।

महाशाखाले आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने तथा तराईका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहने जनाएको छ ।

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा पनि वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको जनाएको छ । साथै, मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी भू–भागका थोरै स्थानमा अपराह्नपछि हुरी चल्न सक्ने सम्भावना पनि रहेको छ ।