पर्सा । पर्सा जिल्ला अदालतले ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले आज बयानपछि प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
आफ्नो अभियानका क्रममा पर्सा पुगेका प्रसाईँलाई गत जेठ ४ गते वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको थियो ।
प्रहरीले प्रसाईँविरुद्ध विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरेको जनाएको छ ।