मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

श्रम संस्कृति पार्टीद्वारा सबै कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य गर्न निर्देशन

मंगलबार, जेष्ठ १२ २०८३

काठमाडौं । श्रम संस्कृति पार्टी ले मातहतका सबै कमिटीका कार्यक्रमहरूमा प्रयोग हुने ब्यानर तथा प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ ।

पार्टीको १ नम्बर (कोशी) प्रदेश कार्यसमितिले जारी गरेको पत्रमा जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा तथा टोलस्तरमा आयोजना हुने सबै कार्यक्रममा अध्यक्ष साम्पाङको फोटो अनिवार्य रूपमा प्रयोग गर्न भनिएको हो ।

प्रदेश कमिटी अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिना को हस्ताक्षरमा जारी वक्तव्यमा कार्यक्रमका ब्यानर तथा प्रचार सामग्रीमा ‘श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङ’ को तस्वीर राख्न निर्देशन दिइएको उल्लेख छ ।