मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

प्रधानमन्त्री शाहसँग इयू आबद्ध देशका राजदूत तथा मिसन प्रमुखको छलफल

मंगलबार, जेष्ठ १२ २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरू छलफलका लागि सिंहदरबार पुगेका छन् ।

प्रधानमन्त्री शाहले मंगलबार आयोजित सामूहिक छलफलका लागि इयू आबद्ध देशका राजदूत तथा मिसन प्रमुखहरूलाई सिंहदरबारमा बोलाएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने उक्त छलफल नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध सुदृढीकरण तथा सहकार्यका विविध विषयमा केन्द्रित हुने जनाइएको छ ।

प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल हुनेछ ।

यस्तै बैठकमा नेपाललाई अतिकम विकसित देशको समूमा यथावत राखी अन्तर्राष्ट्रिय समर्थन जुटाउने तथा युरोपेली संघको हवाई सुरक्षा ‘कालोसूची’ बाट नेपाललाई हटाउने विषयमा पनि पहल गरिने बुझिएको छ ।

यसअघि पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक छलफल तथा संवाद गरिसकेका थिए ।