बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

होटलमा बास बसेका एक युवा मृत फेला

आइतबार, भाद्र ८ २०७६

दाङ  । गएराति दाङ्गको एक होटलमा बास बसेका एक युवा आईतबार विहान मृत फेला परेका छन् । 

घोराही–१५  ट्राफिकचोकस्थित लंकबहादुर बुढा मगरले संञ्चालन गरेको शंकर होटलमा सुतेका दुई जना मध्ये  दाङकै बंगलाचुली गाउँपालिका–८ रानीवासका २३ बर्षीय  लालु घर्ती मृत फेला परेका हुन् ।

भारतबाट रोजगारी गरेर फर्किएका ६ जना  त्यस होटलमा  हिजो साँझ बास बसेका थिए  । ती मध्ये दुई जना एउटै कोठामा सुतेका थिए । भने, विहान उठ्दा घर्ती मगर मृत फेला परेपछि प्रहरीलाई जानकारी गराइएको थियो ।

दाङका प्रहरी प्रबक्ता विनोद विक्रम शाहका अनुसार शवको पोष्टमार्टमपछि मात्रै सत्य बाहिर आउने बताए ।