काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आज पनि श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले विरोध जनाएका छन् ।
बैठक सुरु हुनासाथ उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई थप जवाफदेही बनाउनुपर्ने माग गर्दै सदनमा उभिएर विरोध जनाएका थिए । उनी प्लेकार्डसहित संसद् बैठकमा उपस्थित भएका थिए ।
सभामुखले सांसद साम्पाङको मागप्रति ध्यानाकर्षण भएको बताउँदै सचिवालयसँग छलफल गर्ने जानकारी दिएपछि बैठकको कार्यसूची अघि बढाइएको थियो ।