वीरगञ्ज । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार प्रसाईंलाई गए राति जरुरी पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिइएको हो ।
“आवश्यक सोधपुछ र अनुसन्धानका लागि जरुरी पक्राउ पुर्जी लिएर उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ,” प्रवक्ता बस्नेतले बताए ।।
प्रसाईं हिजो बिहान वीरगञ्जस्थित गहवामाई मन्दिर परिसरमा आयोजना हुने कार्यक्रमका लागि त्यहाँ पुगेका थिए । प्रहरीले पक्राउको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।