बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

१० अंकले घट्यो नेप्से, तीन वटा समुहले कमाउँदा १० वटाले गुमाए

बिहिबार, बैशाख ३१ २०८३

काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन चार दशमलव १५ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बिहिबार पनि १० दशमलव शुन्य सात अंकले घटेर २७ सय ३० दशमलव १७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ३४ अंकले घटेर चार सय ६७ दशमलव २० अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय ३७ वटा कम्पनीहरुको ४६ हजार चार सय दुई पटकको कारोबारमा ७९ लाख ५८ हजार सात सय ५२ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम तीन अर्ब २९ करोड दुई लाख ४४ हजार छ सय १९ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा १३ वटा समुहहरुको शेयर कारोबार हुँदा तीन वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । आज जीवन बीमा समुहको सुचक एक दशमलव ७३ अंकले बढेर १२ हजार चार सय २३ दशमलव ४९ अंकमा पुगेको छ भने सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन् । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक एक अंकले घटेर १४ सय ४३ दशमलव शुन्य चार अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि नौं दशमलव ८१ अंकले घटेर तीन हजार आठ सय १८ दशमलव ३९ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ५५ दशमलव २४ अंकले घटेर १० हजार सात सय पाँच दशमलव शुन्य नौं अंकमा पुगेको छ भने बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज युनियन हाईड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा एशियन हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।