बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

छुट्टाछुट्टै क्रियाकलापमा संलग्न १३ जना पक्राउ

बुधबार, भाद्र ४ २०७६

श्रोत नखुलेको भारतीय रुपैयाँ सहित ५ जना पक्राउ  

दाङ । लमही नगरपालिका ९ जलकुण्डीस्थित पूर्व-पश्चिम राजमार्गबाट श्रोत नखुलेको भारतीय रुपैयाँ १५ लाख ७९ हजार ५ सय ८० र नेपाली नगद ३ हजार ४ सय ९५ रुपैयाँ सहित ५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा बाँके कोहलपुर नगरपालिका २ प्रेमनगर बस्ने ४२ वर्षीय ससे बिक, ३३ वर्षीया मन कुमारी खत्री, रोल्पा त्रिवेणी गाउँपालिका ९ बस्ने ४३ वर्षीय प्रकाश केसी, जाजरकोट बारेकोट गाउँपालिका ८ बस्ने २७ वर्षीय शिव सिंह भनिने पूर्ण बिक र दाङ तुलसीपुर उपमहानगरपालिका ५ बरुवा बस्ने २७ वर्षीया हिरा बिक रहेका छन् ।

ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।  

रक्तचन्दनको तेल सहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका १६ नयाँबजारबाट अन्दाजी ४५ लिटर रक्तचन्दनको तेल सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक मेलम्ची ईन्द्रावती गाउँपालिका ५ घर भएका ४३ वर्षीय जित बहादुर लामा, धादिङ धुनिबेशी नगरपालिका ३ घर भएका ५३ वर्षीय अच्यूत केसी र नुवाकोट वेलकोटगढी नगरपालिका ११ घर भएका २६ वर्षीय सुजन पौडेल रहेका छन् ।

उक्त स्थानमा अवैध रुपमा रक्तचन्दनको तेल कारोवार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जित बहादुर लामाको कोठा खानतलासी गर्दा प्लाष्टिकको बोराले बेरेर लुकाई छिपाई राखेको २ वटा सिल्भरको गाग्रीमा रहेको उक्त तेल फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ । 

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ 

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका ४ वाप्पा डेरा गरी बस्ने सिन्धुली मरिण गाउँपालिका ६ घर भएका ५० वर्षीय ईन्द्र बहादुर भोलनको कोठामा जुवातास खेलिरहेको अवस्थामा ईन्द्र भोलन समेत पाँच जनालाई नगद २० हजार ७ सय ५० रुपैयाँ र ३ बुक तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।