काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन ३४ दशमलव ६३ अंकले घटेको नेप्से आज मंगलबार नेप्से आठ दशमलव ७८ अंकले बढेर २७ सय १२ दशमलव ८६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २६ अंकले बढेर चार सय ६२ दशमलव ३२ अंकमा पुगेको छ । तीन सय ३५ वटा कम्पनीहरुको ६२ हजार २५ पटकको कारोबारमा ७७ लाख ३४ हजार १२ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम तीन अर्ब ४३ करोड ९० लाख ६८ हजार तीन सय ९२ रुपैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा छ वटा समुहहरुको सुचक घटेपनि बाँकी सात वटा समुहहरुको सुचक भने बढेको छ । सो मध्ये बिकास बैंक समुहको सुचक दुई दशमलव ८९ अंकले घटेर पाँच हजार आठ सय २३ दशमलव शुन्य दुई अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि १३ दशमलव ७९ अंकले घटेर १० हजार छ सय १६ दशमलव ५८ अंकमा पुगेको छ । फाईनान्स, होटल तथा पर्यटन, लघुवित्त, र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने छ दशमलव २१ अंकले बढेर १४ सय २८ दशमलव १७ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि १३ दशमलव २० अंकले बढेर १२ हजार तीन सय ५३ दशमलव शुन्य आठ अंकमा पुगेको छ । यसैगरी जलबिद्युत, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेकाछन्।
नेप्सेमा आज बढी अप्पर लोहोरे खोला हाईड्रोपावर कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा फरवार्ड माईक्रो फाईनान्स लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । सोलु हाईड्रोपावर कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।