बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेप्सेमा करेक्सन, झण्डै आठ अंकले बढ्दा चार अर्ब ७४ करोडको कारोबार

सोमबार, बैशाख १४ २०८३

काठमाडौं । नेप्सेमा करेक्सन देखिएको छ । गत साता लगातार घटेको नेप्से यो साता पहिलो कारोबार दिन सोमबार सात दशमलव ७३ अंकले बढेर २७ सय ९६ दशमलव ४३ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६४ अंकले बढेर चार सय ६९ दशमलव ७२ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय ५१ वटा कम्पनीहरुको ८१ हजार छ पटकको कारोबारमा एक करोड नौं लाख २८ हजार छ सय १७ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम चार अर्ब ७४ करोड ८८ लाख नौं हजार एक सय २७ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समहहरुको शेयर कारोबार हुँदा गुमाउने भन्दा कमाउने समुह धेरै देखिएका छन् । सो मध्ये जलबिद्युत समुहको सुचक सात दशमलव ७९ अंकले घटेर तीन हजार नौं सय ९१ दशमलव ८८ अंकमा पुगेको छ भने लगानी, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक नौं दशमलव ९३ अंकले बढेर १४ सय ५६ दशमलव ७५ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि १६ दशमलव ८५ अंकले बढेर १२ हजार पाँच सय ६० दशमलव ४८ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि १६ दशमलव ३६ अंकले बढेर १० हजार आठ सय ९८ दशमलव २१ अंकमा पुगेको छ भने बिकास बैंक, फार्ईनान्स, होटल तथा पर्यटन, उत्पादनमुल र लघुवित्त समुहको सुचक पनि उच्च अंकले बढेका छन्।

नेप्सेमा आज कर्पोरेट डेभलपमेन्ट बैंकले सबैभन्दा बढी कमाउँदा निफ्रा ग्रिन डिबेञ्चर २०८८/०८९ ले सबैभन्दा बढी गुमाएको छ । रिलायन्स स्पीनिङ मिल्स लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।