काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन दुई दशमलव ९५ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बिहिबार १७ दशमलव शुन्य एक अंकले घटेर २७ सय ८७ दशमलव १५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९४ अंकले घटेर चार सय ६८ दशमलव २७ अंकमा पुगेको छ । तीन सय ४८ वटा कम्पनीहरुको ९३ हजार नौ सय सात पटकको कारोबारमा एक करोड १३ लाख ७५ हजार छ सय ९९ कित्ता शेयर किनबेच भएको छ भने कुल कारोबार रकम पाँच अर्ब नौं करोड ५९ लाख पाँच हजार सात सय ५७ रुपैैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा तीन वटा समुहरुको सुचक बढेर बाँकी समुहरुको सुचक घटेको छ । सो मध्ये उत्पादनमुलक समुहको सुचक ६९ दशमलव ६२ अंकले बढेर ११ हजार छ सय २४ दशमलव ५३ अंकमा पुगेको छ भने सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक ११ दशमलव २० अंकले घटेर १४ सय ४३ दशमलव ६३ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४२ दशमलव ४५ अंकले घटेर तीन हजार नौं सय ८९ दशमलव ४९ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ५४ दशमलव ५३ अंकले घटेर १२ हजार पाँच सय ७७ दशमलव ३५ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ३१ दशमलव ४० अंकले घटेर १० हजार आठ सय ८८ दशमलव ८७ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त र अन्य समुहको सुचक पनि घटेकाछन् ।
नेप्सेमा आज पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले सबैभन्दा बढी कमाउँदा सुर्यकुण्ड हाईड्रो इलेक्ट्रीक लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । रिलायन्स स्पीनिङ मिल्स लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।