काठमाडौं । नेप्से घटेको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से १३ दशमलव १७ अंकले घटेर २८ सय २५ दशमलव २३ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २१ अंकले घटेर चार सय ७३ दशमलव ७१ अंकमा पुगेको छ । तीन सय ४९ वटा कम्पनीहरुको एक लाख १६ हजार तीन सय १० पटकको कारोबारमा एक करोड १६ लाख ५३ हजार तीन सय ७० कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम पाँच अर्ब ४३ करोड ४२ लाख ४० हजार दुई सय ७६ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा होटल तथा पर्यटन समुहको सुचक ८४ दशमलव शुन्य छ अंकले बढेपनि बाँकी समुहहरुको सुचक उच्च अंकले घटेकाछन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १२ दशमलव ४७ अंकले घटेर १४ सय ५९ दशमलव ४९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि नौं दशमलव ६२ अंकले घटेर चार हजार ८५ दशमलव शुन्य तीन अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ८० दशमलव १७ अंकले घटेर १२ हजार छ सय ९३ दशमलव ३८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि १२ दशमलव ८४ अंकले घटेर ११ हजार ७३ दशमलव ८६ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज सुर्यकुण्ड हाईड्रो इलेक्ट्रीक कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा दोल्ती पावर कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । होटल फरेष्ट इन लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।