काठमाडौं । शेयर बजार घटेर राताम्मै देखिएको छ । अघिल्लो दिन ३३ दशमलव २७ अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बिहिबार ३३ दशमलव ८३ अंकले घटेर २८ सय ३३ दशमलव शुन्य तीन अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४१ अंकले घटेर चार सय ७७ दशमलव ४६ अंकमा पुगेको छ । तीन सय ४२ वटा कम्पनीहरुको एक लाख ११ हजार छ सय सात पटकको कारोबारमा दुई करोड सात लाख ४३ हजार आठ सय ८४ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम नौं अर्ब ३१ करोड २८ लाख ६० हजार आठ सय आठ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहको सुचक घटेर नेप्से राताम्मै देखिएको छ । सो मध्ये आज बाँणिज्य बैंक समुहको सुचक १२ अंकले घटेर १४ सय ७५ दशमलव ९९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ६२ दशमलव ३९ अंकले घटेर चार हजार ६७ दशमलव २८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय १७ दशमलव दुई अंकले घटेर १२ हजार सात सय ८३ दशमलव ६० अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ४५ दशमलव ५८ अंकले घटेर ११ हजार एक सय ४४ दशमलव ५८ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज रिज लाईन इर्र्नर्जी लिमिटेडले सबैभन्दा बढी कमाउँदा सिन्धु बिकास बैंकले सबैभन्दा बढी गुमाएको छ । रिलायन्स स्पीनिङ मिल्स लिमिटेडको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ ।