काठमाडौं । समाजवादी पार्टी नेपालका सांसद डा.सुर्यनारायण यादवले राजीनामा बुझाएका छन् । सप्तरी–१ बाट प्रत्यक्ष निर्वाचित सांसद यादवले सभामुख कृष्णबहादुर महरालाई राजीनामा बुझाएका हुन् ।
सभामुख महराले सांसदको राजीनामाबारे प्रक्रिया अगाडि बढाएका छैनन् । समाजवादीले राजीनामा फिर्ता लिन यादवसँग आग्रह गरेको छ । सांसद यादवले स्वास्थ्यका कारण आराम गर्न राजीनामा दिएको उल्लेख गरेका छन् ।
यादवको स्थानमा सिके राउतलाई लैजाने र समाजवादी पार्टीसँग सिकेको जनमत पार्टीबीच पनि एकता हुने चर्चा राजनीतिकवृत्तमा चलेको छ ।