बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

हिरासतमुक्त भए पनि ओली अस्पतालमै, पत्थरी शल्यक्रिया गर्ने तयारी

बिहिबार, चैत्र २६ २०८२

काठमाडौँ । १३ दिन हिरासतमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली हिरासतमुक्त भए पनि स्वास्थ्य अवस्था सुधार नआएपछि अझै अस्पतालमै रहने भएका छन्, पारिवारिक स्रोतले जानकारी दिएको छ।

चिकित्सकहरूले ओलीलाई आगामी मंगलबार पत्थरीको शल्यक्रिया (सर्जरी) गर्ने तयारी गरेका छन्।

जेन–जी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका ओलीको स्वास्थ्यमा “मल्टिपल समस्या” देखिएकोले चिकित्सकहरूले उनलाई शिक्षण अस्पतालमै भर्ना गरेका थिए।

स्वास्थ्य परीक्षणअनुसार ओलीको सुगर अस्वाभाविक रूपमा बढेको र थाइराइडसम्बन्धी समस्या समेत रहेको पाइयो। पत्थरी देखिएपछि शल्यक्रियासँग सम्बन्धित जोखिमबारे चिकित्सकले परामर्श र तयारीमा समय लिएको पनि जानकारी दिइएको छ।