बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

सर्वोच्चको आदेशपछि रमेश लेखक पनि रिहा

बिहिबार, चैत्र २६ २०८२

काठमाडौँ । पूर्व गृहमन्त्री रमेश लेखक हाजिरी जमानीमा रिहा भएका छन्। सर्वोच्च अदालतले अब हिरासत म्याद नथप्न परमादेश दिएपछि बिहीबार उनलाई रिहा गरिएको हो।

जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोग को प्रतिवेदन कार्यान्वयनका क्रममा प्रहरीले चैत १४ गते बिहान भक्तपुरबाट लेखकलाई पक्राउ गरेको थियो। काठमाडौं जिल्ला अदालतले तेस्रोपटक थप गरेको ५ दिनको हिरासत म्याद गएराति सकिएको थियो।

यसअघि बालेन्द्र शाह नेतृत्वको सरकारले चैत १३ गते बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाट उक्त आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा भोलिपल्ट बिहानै पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ परेका थिए।

सर्वोच्च अदालतको आदेशसँगै ओली पनि बिहीबार नै रिहा भएका छन्।