बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

पहिलो दिन नै नेप्से ऋणात्मक, कमाउने भन्दा गुमाउने समुह धेरै

आइतबार, साउन २६ २०७६

काठमाडौं, साउन २६ । नेप्से साताको पहिलो कारोवार दिन आईतबार नै ऋणात्मक देखिएको छ । नेप्से आज चार दसमलव ८४ अंकले घटेर १२ सय ३३ दसमलव ७१ अंकमा झरेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव चार अंकले घटेर दुुई सय ६७ दसमलव ६० अंकमा झरेको छ । आज एक ६६ कम्पनीहरुको १७ हजार २२ वटा कारोवारमा ११ लाख ४५ हजार पाँच सय सात कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम ३१ करोड १७ लाख ५६ हजार आठ सय ५६ रुपैयाँ पुुगेको छ । 

आज १२ वटा समुहको कारोवार हुंदा कमाउने भन्दा गुमाउने समुह धेरै देखिएकाछन । जसमध्ये गुमाउने समुहमा परेको बाँणिज्य बैंक समुहको सुचक पाँच दसमलव तीन अंकले घटेर ११ सय १३ अंकमा झरेको छ भने बिकास बैंक समुहको सुचक चार दसमलव २९ अंकले घटेर १५ सय ९० दसमलव ७८ अंकमा झरेको छ  । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा र उत्पादनमुुलक पनि आज गुमाउने समुहमा परेकाछन । टे«डिङ, होटल, फाईनान्स, अन्य र सामुुहिक लगानी कोष समुुहको सुचक भने आज कमाउने समुहमा परेकाछन । 

आज बढी कमाउने कम्पनीहरुको सुचीमा भने साल्ट टे«डिङ कर्पोरेसन, स्वाभिमान लघुुबित्त बित्तीय संस्था आदि परेकाछन भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल क्रेडिट एण्ड कर्मश बैंक, जोशी हाईड्रो पावर कम्पनी आदि परेकाछन । यसैगरी रकम कारोवार भएको आधारमा भने आज रसुुवागढी हाईड्रो पावर कम्पनी, साञ्जेन जलबिद्युुत आयोजना आदि परेकाछन ।