बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

आइतबार, साउन २६ २०७६

कपिलवस्तु साउन, २६– कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीलाइ अज्ञात समूहले आगजनी गरेको छ ।

शनिबार राति सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति १०ः३० बजेतिर आगजनी भएको हो ।

आगजनी किन र कसले गर्‍यो भन्ने थाहा नभएको अध्यक्ष चौधरीले बताए । आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ ।

कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताए ।