बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा आज सर्वोच्चमा सुनुवाइ

आइतबार, चैत्र २२ २०८२

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ।

यसअघि चैत १ गते पेसी चढे पनि पालो नआएपछि सुनुवाइ स्थगित भएको थियो। त्यतिबेला रिट दायरकर्ता तथा पूर्व उपसभापति पूर्णबहादुर खड्का बहसका लागि अदालत पुगेका थिए।

आजको सुनुवाइका लागि दुवै पक्षका कांग्रेस नेताहरू अदालतमा उपस्थित हुने भएका छन्।

विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भई निर्वाचन आयोग बाट मान्यता पाएपछि त्यसको विरोधमा खड्काले रिट दायर गरेका हुन्।

रिटमा थापा, विश्वप्रकाश शर्मा र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ।