काठमाडौं । प्रतिनिधिसभाको नयाँ सभामुखका लागि सत्तारुढ दल रास्वपाका उपसभापति डीपी अर्यालले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
रास्वपा दल संसदीय क्रियाशीलतामा दुई तिहाइ नजिक पुगिरहेको हुनाले सभामुख पदमा अर्को उम्मेदवारीको संभावना कम देखिएको छ। रास्वपाको बिहीबार बसेको बैठकले सभामुख पदमा अर्याललाई अघि सार्ने निर्णय गरेको थियो ।
संघीय संसद सचिवालयका अनुसार आज शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदको उम्मेदवारी दर्ताको समय तोकिएको छ । लगत्तै साढे २ बजे उम्मेदवारको सूची प्रकाशित हुनेछ ।