बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री, केएमसी पुगेर लिए स्वास्थ्य अवस्थाबारे जानकारी

शुक्रबार, चैत्र २० २०८२

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेटेका छन् ।

उनले केएमसी अस्पताल मा उपचाररत घाइतेलाई गए राति भेट्दै उनीहरूको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूसँग जानकारी लिएकाे गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ।

घाइतेहरूको उपचार पूर्वसांसद तथा चिकित्सक डा सुनिल शर्मा ले निःशुल्क रूपमा गरिरहेका छन्। निःशुल्क उपचार उपलब्ध गराएकोमा गृहमन्त्री गुरुङले अस्पतालका सञ्चालक डा. शर्माप्रति आभार व्यक्त गरे ।

गृहमन्त्रीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक सहयोगमा सरकार प्रतिबद्ध रहेको पनि बताए ।