बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का, बालश्रममा कडाइ

शुक्रबार, चैत्र २० २०८२

बागमती । श्रम तथा रोजगार कार्यालयले श्रम कानुन उल्लङ्घन गर्ने दुई उद्योग–प्रतिष्ठानको बैंक खाता रोक्का गरेको छ।

कार्यालयले १७५ प्रतिष्ठानमा गरिएको अनुगमनका क्रममा कानुन विपरीत गतिविधि भेटिएपछि ती उद्योगहरूको खाता रोक्का गरिएको जनाएको छ। कार्यालय प्रमुख रुद्रनारायण साहका अनुसार विभिन्न होटल तथा उद्योगमा कार्यरत २० जना बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ।

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नाबालिकालाई श्रमिकका रूपमा प्रयोग गर्ने रोजगारदाता तथा प्रतिष्ठानबाट रु दुई लाख २५ हजार जरिवाना र रु २२ हजार क्षतिपूर्ति असुल गरिएको छ।

अनुगमनका क्रममा अधिकांश साना उद्योग–प्रतिष्ठानले नियुक्तिपत्र नदिने, न्यूनतम पारिश्रमिक नदिने, सामाजिक सुरक्षा तथा व्यवसायजन्य सुरक्षाको व्यवस्था नगरेको पाइएको प्रमुख साहले जानकारी दिए ।

कार्यालयका अनुसार आठ महिनामा दर्ता भएका ४५ श्रमसम्बन्धी उजुरीमध्ये २९ वटा उजुरी फछ्र्योट गरिएको छ। यसअन्तर्गत होटल तथा साना उद्योगसहित २६८ प्रतिष्ठान सूचीकृत रहेका छन्।