काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमा सार्वजनिक गरेको एक तस्बिरले यतिबेला व्यापक चर्चा पाएको छ। सार्वजनिक गरिएको उक्त तस्बिरमा उनी कार्यालयको सोफामा सुतेको अवस्थामा देखिन्छन्।
फेसबुक मार्फत साझा गरिएको सो तस्बिरले एक घण्टाभित्रै एक लाखभन्दा बढी ‘लाइक’ पाएको छ भने ८ हजारभन्दा बढी प्रतिक्रियाहरू आएका छन्।
तस्बिरसँगै गृहमन्त्री गुरुङले ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन’ भन्ने सन्देशसमेत लेखेका छन्।
गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि गुरुङ सक्रिय रूपमा काममा जुटिएका देखिन्छन्। उनले विभिन्न प्रहरी कार्यालयहरूको अनुगमन गर्ने, सुरक्षाकर्मीलाई निर्देशन दिने लगायतका गतिविधि तीव्र बनाएका छन्।
यसैबीच, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लाई पक्राउ गराएपछि उनी झनै चर्चामा आएका छन्।