काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया आजदेखि औपचारिक रूपमा सुरु भएको छ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डीपी अर्याल लाई सभामुख पदका लागि उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
सार्वजनिक कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदका लागि मनोनयन दर्ता गर्ने समय तोकिएको छ। मनोनयन दर्ता सिंहदरबार स्थित संसद् सचिवालयमा गरिनेछ।
दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम सूची प्रकाशन गरिनेछ। दर्ता भएका प्रस्तावहरू आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रस्तावकले पेश गर्ने र समर्थकले समर्थन जनाउनेछन्। त्यसपछि सामूहिक छलफल गरी निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका रहेको छ।
यसैबीच, राष्ट्रियसभा को उपाध्यक्ष पदका लागि भने चैत २३ गते निर्वाचन हुने तय गरिएको छ।