बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

विमानस्थलमा नागरिकलाई दुःख नदिन गृहमन्त्रीको निर्देशन

शुक्रबार, चैत्र २० २०८२

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल मा सेवा प्रवाह सुधार गर्न र यात्रुलाई कुनै पनि प्रकारको दुःख नदिन कर्मचारीलाई कडा निर्देशन दिएका छन् ।

बिहीबार साँझ विमानस्थलको सेवा अवस्थाबारे आकस्मिक निरीक्षणका क्रममा उनले विदेशमा मेहनत गरेर स्वदेश फर्किएका नेपाली नागरिकले झन्झट र हैरानी भोग्नुपर्ने अवस्था अब अन्त्य हुनुपर्ने स्पष्ट पारे ।

गृहमन्त्री गुरुङले आगामी दिनमा कुनै गुनासो नआउने गरी सेवा सुधार गर्न निर्देशन दिँदै यदि यात्रुबाट गुनासो आए कडा कारबाही गरिने चेतावनीसमेत दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।