काठमाडौं । पूर्वयुवराज पारस शाहलाई उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ।
बिहीबार बिहान अस्पताल भर्ना गरिएका शाहको सोही दिन पेसमेकर परिवर्तन गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
यसअघि मुटुमा समस्या देखिएपछि बैंककमा पेसमेकर राखिएको थियो।
चिकित्सकका अनुसार उपकरणको ब्याट्री सकिएपछि नयाँ पेसमेकर राखिएको हो। मुटु कमजोर भएका कारण उनलाई पेसमेकर राखिएको जनाइएको छ।
हाल शाहको स्वास्थ्य अवस्था स्थिर रहेको र दुई–तीन दिनभित्र डिस्चार्ज गरिने चिकित्सकले जानकारी दिएका छन्।