बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शंकर पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू सडक प्रदर्शनमा

बुधबार, चैत्र १८ २०८२

नेकपा एमालेका महासचिव शंकर पोखरेलको राजीनामा माग्दै अनेरास्ववियुका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।

अस्कल क्याम्पसबाट निस्किएका विद्यार्थीहरूले पोखरेलको राजीनामा मागसहित प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा सुहाङ नेम्वाङको पक्षमा नारा लागेको छ । नेम्वाङ एमाले संसदीय दलको नेताका आकांक्षी थिए ।

तर रामबहादुर थापालाई निर्विरोध निर्वाचित गराउन सांसदहरुलाई महासचिव पोखरेलले दबाब दिइएको भन्दै युवाहरुले सामाजिक सञ्जालमा आपत्ति जनाइरहेका छन् ।

सामाजिक सञ्जालमा राजीनामा अभियान चलाइरहेका युवा–विद्यार्थीहरूले बिहीबार राति सडक प्रदर्शन गरेका छन् ।

उनीहरूले पार्टीभित्र युवाहरूलाई अवसर दिनुपर्ने, पार्टी कब्जा गर्न नपाइने, महासचिव पदबाट पोखरेलले राजीनामा दिनुपर्ने लगायत नारा लगाएका छन् ।