बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

एमाले संसदीय दलको नेतामा सुहाङ नेम्वाङको दाबी

बुधबार, चैत्र १८ २०८२

काठमाडौं । नेकपा एमाले का युवा सांसद सुहाङ नेम्वाङ ले संसदीय दलको नेतामा औपचारिक रूपमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

च्यासलमा जारी संसदीय दलको बैठकमा नेम्वाङले वर्तमान जनभावना र पार्टीको आवश्यकता अनुसार नेतृत्व लिन इच्छुक रहेको बताएका छन् । बैठकमा सहभागी एक नेताका अनुसार उनले पार्टीको विधि र पद्धतिप्रति प्रतिबद्ध रहँदै जिम्मेवारी सम्हाल्न तयार रहेको धारणा राखेका छन् ।

नेम्वाङले भने, “पार्टीको विधि, पद्धति र अग्रजहरूको भूमिकालाई सम्मान गर्दै म जिम्मेवारी निभाउन तयार छु । देशको वर्तमान परिस्थितिलाई नजरअन्दाज गर्न सकिँदैन, सदनभित्र र बाहिरको अवस्था हामीले बुझ्नैपर्छ ।”

उनले आफ्नो दाबीलाई अग्रजहरूविरुद्ध नभएको स्पष्ट पार्दै युवा ऊर्जा, अनुभव र मार्गदर्शनको समन्वय आवश्यक रहेको धारणा राखेका छन् । साथै, पार्टीभित्र प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने लोकतान्त्रिक अभ्यासलाई अघि बढाउनुपर्नेमा पनि उनले जोड दिएका छन् ।