बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

कामु प्रधानन्यायाधीशकाे जिम्मेवारीमा सपना प्रधान मल्ल

बुधबार, चैत्र १८ २०८२

काठमाडौं । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल आजदेखि कायममुकायम (कामु) प्रधानन्यायाधीश बनेकी छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेरहदका कारण मंगलबार अवकाश पाएपछि वरिष्ठतम न्यायाधीशका हैसियतमा मल्लले उक्त जिम्मेवारी सम्हालेकी हुन् ।

नेपालको संविधान को धारा १२९(९) अनुसार प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशले स्वतः कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने व्यवस्था रहेको छ ।

वरिष्ठ अधिवक्ता तथा पहिलो संविधानसभा सदस्यसमेत रहेकी मल्ल २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन् । करिब एक दशकको कार्यकालमा उनले लैंगिक न्याय, घरेलु हिंसा तथा संवैधानिक मुद्दामा महत्वपूर्ण नजिर स्थापना गरेकी छन् ।

यसैबीच, न्याय परिषदले अघिल्लो महिना नै प्रधानन्यायाधीश पदका लागि योग्यता पुगेका सर्वोच्च अदालतका ६ जना न्यायाधीशको सूची संवैधानिक परिषदमा पठाइसकेको छ ।