बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

झण्डै २० अंकले बढ्यो नेप्से, गुमाउने भन्दा कमाउने समुह धेरै

मंगलबार, चैत्र १७ २०८२

काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन ४७ दशमलव ७१ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार १९ दशमलव ७० अंकले बढेर २८ सय ५१ दशमलव शुन्य नौं अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २६ अंकले बढेर चार सय ८४ दशमलव ८४ अंकमा चढेको छ । तीन सय ३९ वटा कम्पनीहरुको एक लाख ३७ हजार आठ सय ५७ पटकको कारोबारमा दुई करोड ७९ लाख ४२ हजार सात सय ७९ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम ११ अर्ब ११ करोड २४ लाख १८ हजार आठ सय छ रुपैैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सामुहिक लगानी कोष र अन्य समुहको सुचक सामान्य अंकले घटेपनि बाँकी समुहहरुको सुचक भने उच्च अंकले बढेको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दशमलव ३६ अंकले बढेर १४ सय ९० दशमलव ८९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २९ दशमलव ४१ अंकले बढेर तीन हजार नौं सय २८ दशमलव ३४ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ६८ दशमलव ३० अंकले बढेर १३ हजार एक सय ८१ दशमलव ८३ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुृहको सुचक पनि ८७ दशमलव ६१ अंकले बढेर ११ हजार चार सय ७० दशमलव ३५ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र व्यापार समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज रिलायन्स स्पीनिङ मिल्स लिमिटेडले सबैभन्दा बढी कमाएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । रिडी हाईड्रोपावर कम्पनी लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।