काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको बैठक आज सुरु भएको छ। पूर्वसभापति शेरबहादुर देउवा समूहका नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा बैठक बोलाएका हुन्।
धुम्बाराहीस्थित होटल स्मार्टमा जारी बैठकमा खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक सञ्चालन गरिरहेका छन्। यो समूहले गगन थापालाई सभापति रूपमा स्वीकार नगरेको बताइएको छ।
बैठकमा निर्वाचनको समीक्षा, आगामी महाधिवेशन र पार्टीभित्रको आन्तरिक अवस्था बारे छलफल गर्ने तयारी गरिएको छ। अहिलेसम्म बैठकमा खड्कासहित श्याम घिमिरे, एनपी साउद, मोहनबहादुर बस्नेत र देउवा पक्षका अन्य नेताहरू सहभागी रहेका छन्।