काठमाडौँ । सङ्घीय संसद् सचिवालयले संसद्को अधिवेशनको तयारीका लागि सर्वदलीय बैठक बुधबार बोलाएको छ।
संसद्मा प्रतिनिधित्व गरेका सबै दललाई बुधबार अपराह्न १ः० बजे बैठकमा सहभागी हुन आमन्त्रण गरिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही चैत १६ गतेको सिफारिसअनुसार चैत १९ गते अपराह्न २ः० बजे सङ्घीय संसद्का दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ। सोही अनुसार संसद्को पहिलो बैठक यही मितिमा सुरु हुँदैछ।
बैठकले सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने योजना बनाएको छ। प्रतिनिधिसभामा राष्ट्रिय मान्यता प्राप्त छ वटा राजनीतिक दलको सहभागिता रहनेछ।