बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमालेकाे सचिवालय बैठक जारी, रणनीति र आन्दोलन समीक्षा केन्द्रित

मंगलबार, चैत्र १७ २०८२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ।

बैठकमा प्रमुख विषयका रूपमा अध्यक्ष केपी शर्मा ओलीको पक्राउपछिका पार्टी रणनीति र समसामयिक राजनीतिक परिस्थितिमा छलफल हुने बताइएको छ। सँगै अहिलेसम्मको आन्दोलनको समीक्षा पनि बैठकको एजेन्डामा रहने छ।

एमालेले अध्यक्ष ओलीमाथि राजनीतिक प्रतिशोधका रूपमा सरकारले पक्राउ गरेको आरोप लगाउँदै आन्दोलन गरिरहेको छ। तर, अहिलेसम्मको आन्दोलनमा सहभागीको संख्या अपेक्षाकृत कम देखिएको छ।