बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

कांग्रेस दुई पक्षबीच टकराव, औपचारिक विभाजनको संघारमा

मंगलबार, चैत्र १७ २०८२

काठमाडौं । मुलुकको सबैभन्दा पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेस औपचारिक विभाजनको नजिक पुगेको छ। १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा पक्षले समानान्तर गतिविधि अघि बढाएपछि पार्टीभित्रको विवाद चर्किएको हो।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय समिति र देउवा नेतृत्वको पुरानो केन्द्रीय समिति आमनेसामने भएका छन्। देउवा पक्षले मंगलबार र बुधबारका लागि १४औँ महाधिवेशनबाट बनेको केन्द्रीय समितिको बैठक बोलाएको छ। उक्त बैठकमा सो समयका पदाधिकारी र सदस्यहरूलाई टेलिफोनमार्फत उपस्थित हुन आह्वान गरिएको जनाइएको छ।

देउवा निकट नेता रामहरि खतिवडा का अनुसार बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीभित्रको अवस्थाबारे छलफल हुनेछ। बैठकमा केपी शर्मा ओली, रमेश लेखक र दीपक खड्का पक्राउ तथा हालै सम्पन्न निर्वाचनमा भएको हारको समीक्षा गर्ने कार्यसूची पनि समेटिएको छ।

ओली र लेखक पक्राउबारे पार्टीका दुई पक्षले फरक–फरक धारणा सार्वजनिक गरेका छन्। संस्थापन पक्षले कानुनी प्रक्रिया अनुसार हुने कारबाहीलाई समर्थन जनाएको छ भने देउवा पक्षले यसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै विरोध जनाएको छ।

देउवा पक्षको समानान्तर गतिविधिपछि संस्थापन पक्षले बुधबार केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ। सो बैठकमा देउवा पक्षका गतिविधि र निर्वाचनमा भएको अन्तर्घातबारे छलफल हुने बताइएको छ। अनुशासन समितिले आवश्यक परे कारबाही प्रक्रिया अघि बढाउने संकेतसमेत दिएको छ।

यता, पूर्णबहादुर खड्का ले ‘कार्यवाहक सभापति’ को हैसियतमा पार्टीको लेटरहेड प्रयोग गरी विज्ञप्ति जारी गरेपछि विवाद झनै चुलिएको छ। यसलाई संस्थापन पक्षले गम्भीर अनुशासन उल्लंघनका रूपमा लिएको छ।

देउवा पक्ष भने विशेष महाधिवेशनबाट बनेको केन्द्रीय समितिलाई मान्यता दिन तयार छैन। देउवा निकट नेता जितजंग बस्नेत ले अदालतको निर्णय नआउँदासम्म समानान्तर गतिविधि जारी रहने बताएका छन्।

उक्त विषयमा दायर रिटमाथि सुनुवाइका लागि चैत २२ गते पेसी तोकिएको छ। हाल देउवा सिंगापुरमा रहेका छन्।

यसैबीच, पार्टी महामन्त्री प्रदीप पौडेलले कानुन र संवैधानिक निकायका निर्णयलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै पार्टीभित्र विधि र मूल्य–मान्यता कायम राख्नुपर्ने बताएका छन्।

कांग्रेसको देउवा–कोइराला समूहले नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा पूर्णबहादुर खड्का, डा.शेखर कोइराला, डा.शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, एनपी साउद, मीनेन्द्र रिजाल, बलबहादुर केसी, जीवन परियार, बद्री पाण्डे, महालक्ष्मी उपाध्याय लगायतका नेताहरू सहभागी थिए । यस्तै, बधाई तथा शुभकामना कार्यक्रममा विष्णु खड्का, रिना उप्रेती केसी, गंगालक्ष्मी अवाले, उर्मिला थपलिया, रुक्मिणी कोइराला, निनु कर्ण, हरिनादेवी कामी, सुशीला ढकाल, गीता सेन्दाङ, टेकबहादुर गुरुङ सहभागी हुनुहुन्थ्यो । राष्ट्रियसभा सदस्यहरू रञ्जीत कर्ण, खम्मबहादुर खाती, चन्द्र केसी, जगत तिमल्सिना, विष्णुदेवी पुडासैनी, कृष्णबहादुर रोकाया, जीतजंग बस्नेत र विष्णुकुमारी सापकोटा पनि सहभागी थिए ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित पार्टीका सांसदहरूलाई देश र जनताका पक्षमा दृढतापूर्वक उभिएर काम गर्न आग्रह गरे ।

सोमबार धुम्बराहीको एक होटलमा आयोजित सांसदहरूलाई सम्मान तथा बधाई कार्यक्रममा बोल्दै खड्काले सांसदहरूका साथमा आफू र वरिष्ठ नेताहरू सधैँ सँगसँगै रहेको उल्लेख गर्दै भने, ‘निर्वाचनको परिणामपछि जुन तरिकाको संसद्को बनोट छ, त्यसमा हाम्रो उपस्थिति कमजोर छ ।