काठमाडौं । काठमाडौं-नयाँदिल्ली रुटमा नेपाल वायुसेवा निगम (नेवानि) ले अब पुन: दैनिक दुई उडान गर्ने भएको छ ।
नेवानिका प्राविधिक प्रवक्ता देवेन्द्र पुनका अनुसार एक वर्षभन्दा लामो समयदेखि दिल्ली रुटमा बिहानको उडान रोकिएको थियो ।
त्यसलाई पुन: सुरु गरिएको हो । अब काठमाडौंबाट बिहान ८ बजे एक उडान हुनेछ ।
दोस्रो उडान दिँउसो साढे २ बजे हुने गरी तय भएको छ ।
‘यो पूर्वनिर्धारित सेड्युल नै हो,’ उनले भने, ‘बीचमा रोकिएको थियो, यसलाई हामीले पुन: सुरु गरेका छौं ।’
काठमाडौं-दिल्ली नेवानिले राम्रो अकुपेन्सीमा बिजनेस पाइरहेको रुट हो ।