काठमाडौँ . रास्वपा सभापति रवि लामिछानेको राहदानी दुरुपयोग सम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
सुनुवाइ न्यायाधीश कुमार रेग्मी र मेघराज पोखरेलको इजलासमा हुनेछ। यसअघि लगातार चारपटक हेर्न नसकिएको यो मुद्दा आज अदालतको १२ औं नम्बरमा राखिएको छ।
मुद्दामा, लामिछानेले नेपाली र अमेरिकी दोहोरो राहदानी लिई प्रयोग गरेको आरोप लाग्दै आएको छ। युवराज पौडेलले दुई वर्षअघि सर्वोच्चमा रिट दायर गर्दै, लामिछानेविरुद्ध राहदानी दुरुपयोगको मुद्दा नचलाउने तत्कालीन महान्यायाधिवक्ता कार्यालयको निर्णय कानुनविपरीत भएको दाबी गरेका थिए।
सन् २०७९ चैत ६ गते तत्कालीन महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय गरेका थिए। यसविरुद्ध युवराज सर्वोच्च पुगेका थिए।
अघिल्ला सुनुवाइमा अदालतले तीनपटक फाइल माग गर्ने निर्णय गरिसकेको थियो। २२ चैत २०७९ मा न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले कारण देखाउ आदेश जारी गरेको थियो। अदालतले राहदानी विवादमा महान्यायाधिवक्ताको निर्णयको कारण माग गरेपछि, सो निर्णय प्राप्त भएपछि मुद्दाको दोहोरो सुनुवाइ हुन लागेको हो।