काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदैछ।
आइतबार दायर गरिएको उक्त रिटमा उनीहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहाइको माग गरिएको छ। अदालतले आज सुनुवाइका लागि पेसी तोकेको छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ परेका ओली र लेखकका तर्फबाट निवेदन क्रमशः ओलीकी पत्नी राधिका शाक्य र कांग्रेस नेता लेखककी पत्नी यशोदा लेखकले दर्ता गराएका हुन्।
उक्त आन्दोलनमा भएको दमनका जिम्मेवार ठहर गर्दै आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। आयोगको प्रतिवेदनकै आधारमा हालको सरकारले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई शनिबार निवासबाटै पक्राउ गरेको थियो। वर्तमानमा उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप भइ अनुसन्धान भइरहेको छ।