बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

गैँडाकोटमा तीन सवारी एकआपसमा ठोक्किँदा १२ जना घाइते

सोमबार, चैत्र १६ २०८२

मध्यविन्दु (नवलपरासी) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैँडाकोट नगरपालिका–९ हनुमान मन्दिर नजिक आज बिहान तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बसले गैँडाकोटबाट भेडाबारीतर्फ जाँदै गरेको पिकअप भ्यान र सोही दिशातर्फ गुडिरहेको ट्रकलाई ठक्कर दिएको हो।

दुर्घटनामा ट्रक चालक इन्द्र तामाङ, पिकअप चालक दर्शन काप्री र बस चालक मोहनसिंह बलामी मगर घाइते भएका छन्। साथै बसमा सवार अन्य नौ जना यात्रु पनि सामान्य घाइते भएका छन्।

घाइते सबैलाई उपचारका लागि चितवन लगिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि केही समय अवरुद्ध बनेको यातायात अहिले भने सामान्य अवस्थामा सञ्चालनमा आएको छ।