सम्पत्ति शुद्धीकरणमा केही पूर्वप्रधानमन्त्रीहरू पनि छानबिनको दायरामा
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। एक मन्त्रीका अनुसार बैठक अपराह्न ४ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
चैत १३ गते गठन भएको शाह नेतृत्वको सरकार छोटो समयमै सक्रिय बन्दै सुधार र कानुन कार्यान्वयनतर्फ अगाडि बढेको छ। गठन भएको तीन दिनमै सरकारले विभिन्न क्षेत्रमा सुधारका पहल थालेको छ।
सरकारले जेनजी आयोग को सिफारिस कार्यान्वयन सुरु गर्दै शनिबार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो। त्यसैगरी आइतबार थप दुई नेतामाथि पनि कारबाही गरिएको छ।
सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानमा पूर्वमन्त्री दीपक खड्कालाई पक्राउ गरिएको छ भने एक नाबालिकालाई घरेलु कामदार बनाउँदै हिंसा गरेको आरोप लुम्बिनी प्रदेश सभा सदस्य रहेकी रेखाकुमारी शर्मा पक्राउ परेकी छन् ।
यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा केही पूर्वप्रधानमन्त्रीहरू पनि छानबिनको दायरामा परेका छन्। यससँगै सरकारले शासकीय सुधारका १०० कार्यसूची अघि सार्दै प्रशासनिक सुधारलाई तीव्रता दिएको छ।
आजको मन्त्रिपरिषद् बैठकमा यी विषयहरूका साथै सरकारका आगामी कदम र कार्यान्वयनका योजनाबारे थप निर्णय हुने अपेक्षा गरिएको छ।