बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

साताको अन्तिम कारोेवार दिन पनि सेयर बजार रातै

बिहिबार, साउन २३ २०७६

काठमाडौं, साउन २३ । साताको अन्तिम कारोवार दिन बिहिबार सेयर बजार रातै भएको छ । आज बिहिबार नेप्से नौ दसमल ९२ अंकले घटेर १२ सय ३८ दसमलव ५६ अंकमा पुुग्दा सेन्सिटिभ पनि एक दसमलव ९६ अंकले घटेर दुुई सय ६८ अंकमा झरेको छ ।

आज एक सय ६६ कम्पनीहरुके २९ हजार चार सय ९६ वटा कारोवारमा १८ लाख ७७ हजार पाँच सय ४२ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम ४५ करोड ४६ लाख २९ हजार पाँच सय ७५ रुपैयाँ पुुगेको छ ।  

आज १२ वटा समुहको कारोवार हुंदा १२ वटा समुहको सुचक घटेपछि सेयर बजार रातै भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक पाँच दसमलव ५४ अंंकले घटेर ११ सय १८ दसमलव तीन अंकमा पुुग्दा बिकास बैंक समुहको सुचक पनि आठ दसमलव १५ अंकले घटेर १५ सय ९५ दसमलव सात अंकमा पुुगेको छ ।

जलबिद्युुत, लघुुबित्त, निर्जिवन, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेर रातै भएको छ । 

कमाउने कम्पनीहरुको सुचीमा आज सर्पोट माईक्रो फाईनान्स बित्तीय संस्था, बिजय लघुुबित्त बित्तीय संस्था आदि परेकाछन भने गुमाउने कम्पनीहरुको सुचीमा रसुुवागढी हाईड्रो पावर कम्पनी, साञ्जेन जलबिद्युुत कम्पनी आदि परेकाछन ।

कारोवार भएको रकमको आधारमा पनि आज रसुुवागढी हाईड्रो पावर कम्पनी, साञ्जेन जलबिद्युुत आयोजना आदि परेकाछन ।